Search
Close this search box.
Search
Close this search box.

चित्रमा भविष्य खोज्दै निरज

दिपेन विश्वकर्मा, बुद्धशान्ति । हरेक मानिसमा फरक फरक क्षमता हुन्छ मात्र त्यसलाइ पहिचान गर्न र त्यसलाई निरन्तरता दिन सक्नु पर्छ । यस्तै कला मध्येको उत्कृष्ट कला हो चित्रकला । झापा बुद्धशान्ती गाउँपालिका ६ शान्तिनगर निवासी चित्रकार निरज कुइकेल यति बेला चित्र बनाउनमा ब्यस्त देखिन्छन् उनी चित्रकलामा भबिष्य खोजिरहेका छन ।

बाबू कृष्ण कुइकेल र आमा तिला कुइकेलको कान्छो सन्तानका रूपमा जन्म लिएरका उनि सानै उमेर देखि चित्र कोर्न रुचि राख्थे । उनले बाल्यकालको इच्छालाई अहिले पेशा मा परिणत गरेका छन् ।

सानै उमेर बाट चित्रकलामा एकाग्र भएर लागेका निरज घर, परिवार विद्यालय , शिक्षकहरुको हौसला पाए पछि आफ्नो चित्रकला क्षेत्रमा थप प्रेरणा मिलेको बताउँछन् । बाल्यकाल बाटै विभिन्न मानिस , भगवान , घर , मन्दिर लगायतको चित्र कोर्ने उनी आफ्नो कला बाटै घर , परिवार , समाज र समग्र नेपालकै नाम उच्च राख्ने प्रयास गर्ने बताउँछन् ।

पढाईलाई निरन्तरता दिने सोचले कक्षा १० मा पुगे पछि आफ्नो चित्रकलाको यात्रालाई केही समयका लागी स्थगित गरे त्यसपछि उनले चार बर्ष पछि मात्र फेरि यात्रा सुरु गरेको कुरा उनका बाबू कृष्ण कुइकेल बताउँछन् । उनी भन्छन बाल्यकाल बाट नै चित्र बनाउने रुचि भएकाले होला मलाई कुन चित्रकला सम्बन्धि न कुनै स्कुल , न कुनै शिक्षक , न त कुनै अतिरिक्त नै आवश्यक पर्यो अनि आफ्नो कलालाई मेहेनत र परिश्रमको फलका रुपमा लिन्छन् । उनि गुरुका रूपमा आफ्ना बाबुलाई लिन्छन् ।

उनले स्वदेश तथा बिदेशमा रहेका मानिसहरुको तस्बिर सामाजिक संजाल मार्फत लिने र बनाउने गर्छन यसरी बनाएको चित्रबाट आएको रकमले उनलाई आवश्यक सामाग्री जुटाउन सहज हुनुका साथै ब्यबहारिक खर्चमा सहयोग पुग्ने गरेको बताउँछन् । एउटा चित्र बनाउन ४ घण्टा देखि २० घण्टा सम्म लाग्ने कुइकेल भन्छन्। उनी आफुलाइ सानै उमेरमा सबैले चित्रकारको रूपमा चिन्ने गरेकोमा गर्भ महसुस गर्छ्न , उनले चित्रकला बाट विभिन्न प्रतियोगितामा भाग लिएर धेरै पटक पुरस्कर हासिल गरेको साथै मेहेनत र परिश्रम गरे नेपालमै सब थोक गर्न सक्ने उनी बताउँछन् ।

उनले बनाएको चित्रमा नेपालको राजनैतिक अवस्था , प्राकृतिक प्रकोप , समाजमा घटिरहेको कु-प्रथा , बिकृती बिसङती जस्ता कुरालाइ समेटिएको हुन्छ । अहिले पनि उनको चित्र हेरेर अचम्मित नहुने प्रायः कम नै हुन्छन् । उनी भन्छन् आफुले जानेको सीपबाट मनग्ये आम्दानी लिरहेको छु । अनि यो निषेधाज्ञाको समयमा पनि चित्र बनाउन ब्यस्त भएको कुरा हामीलाई बताउँछन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *