Search
Close this search box.
Search
Close this search box.

चीनसँगका दुबै नाका पुन बन्द

काठमाडौं । चिनियाँ भन्सार यार्डका श्रमिकहरु ल्होसार छुट्टीमा गएपछि नेपाल- चीनबीचको दुईवटा व्यापारिक नाका बन्द भएको छ ।

हाल सिन्धुपाल्चोकस्थित तातोपानी नाका र रसुवास्थित रसुवागढी नाका बन्द रहेको छ ।

कोरोनाका कारण एक वर्षदेखि पूर्ण सञ्चालनमा आउन नसकेको नाकाबाट सीमित रुपमा भइरहेको आयात पनि बिहीबारबाट बन्द भएको रसुवागढी भन्सार कार्यालय प्रमुख रामप्रसाद रेग्मीले बताए । ‘चिनियाँ कामदारहरु ल्होसार छुट्टीमा गएछन्, दैनिक पाँच कन्टेनरका दरले भइरहेको आयात पनि अहिले ठप्प छ’ भन्सार प्रमुख रेग्मीले भने ।

चिनियाँ भन्सार अधिकारीसँग भएको कुराकानीमा अझै झण्डै १० दिन आयात प्रभावित हुने जनकारी आएको रेग्मीले बताए । ‘ल्होसार मनाउन चिनियाँहरु आफ्नै घर फर्केका र आउन त्यतीका समय लाग्न सक्ने जानकारी भन्सार अधिकारीले गराएका छन्,’ उनले भने ।

कोरोनाकाकारण बन्द हुँदै खुल्नै गरेको रसुवागढी नाका गत कात्तिक १३ गतेदेखि एकतर्फी रुपमा सञ्चालनमा आएको थियो ।

दैनिका पाँच वटा चिनियाँ कन्टेनरले नेपालतर्फ यार्डमा सामान ल्याईदिनेगरी नाका खुलेको थियो ।

ल्होसारकै कारण तातोपानी नाका पनि बन्द भएको भन्सार कार्यालयले जनाएको छ । ल्होसारका कारण चाइनिज व्यवसायी र श्रमिक बिदामा जाँदा शुक्रबारदेखि आयात ठप्प भएको तातोपानी भन्सार कार्यालय प्रमुख लालबहादुर खत्रीले बताए ।

‘अरु कारण केहीपनि छैन, ल्होसार बिदा हो । शुक्रबारदेखि सामान आएको छैन,’ भन्सार प्रमुख खत्रीले भने । चिनियाँहरु बिदाबाट फर्कीएपछि सम्भवत मंगलबारबाट नाका सञ्चालनमा आउने पनि उनको भनाइ छ । अब नाका खुल्दा दैनिक २५ कन्टेनर सामान आउने पनि उनको भनाइ छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *