चेतना नेपालद्वारा झापामा लागूऔषविरुद्ध शैक्षिक सामग्री वितरण

झापा– लागूऔषध, सुर्तिजन्य, मदिराजन्य तथा नशाजन्य पदार्थविरुद्धको जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले झापाको जिल्ला समन्वय समिति भवनमा शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्न भएको छ।

चेतना नेपालले आयोजना गरेको कार्यक्रममा ६० वटा सामुदायिक तथा निजी विद्यालयलाई शैक्षिक सामग्री प्रदान गरिएको हो। चेतना नेपालका अध्यक्ष तथा प्रमुख प्रशिक्षक इन्द्र प्रसाद ओलीको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समिति झापाका प्रमुख विश्वनाथ बराल प्रमुख अतिथि थिए।

EPIC EPIC EPIC

कार्यक्रममा भद्रपुर नगरपालिकाका नगर प्रमुख गणेश पोखरेल, झापाका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारी, जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रमुख मिलन केसी, मेची बहुमुखी क्याम्पसका प्राध्यापक तारा विविध, नेपाल बहुउद्देश्यीय सहकारी संस्था काकडभिट्टाका संस्थापक अध्यक्ष रामचन्द्र उप्रेती, चेतना नेपालकी उपाध्यक्ष उषा गुरुङ, प्याब्सन केन्द्रीय सल्लाहकार गोविन्द लम्साल, प्याब्सन भद्रपुर नगर समितिका अध्यक्ष भक्त बहादुर कार्कीलगायतको आतिथ्य रहेको थियो।


कार्यक्रममा लागू औषध दुर्व्यसनविरुद्ध सबै तह र तप्काको परिचालन आवश्यक रहेको बताउँदै प्रमुख प्रशिक्षक इन्द्र प्रसाद ओलीले शैक्षिक सामग्रीको महत्त्व प्रष्ट्याए। चेतना नेपालका सदस्य र दौतरी शिक्षा अभियानकर्ता दर्शन भट्टराईले “ड्रग्स एडिक्सन” सम्बन्धी प्रशिक्षण दिएका थिए।

प्याब्सन भद्रपुर नगर समितिका अध्यक्ष भक्त बहादुर कार्कीले यो अभियानलाई संस्थागत रूपमा सफल बनाउन सहकार्य गरिने बताए। प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले यी सामग्री सानो झिल्को भए पनि उचित उपयोगले दुर्व्यसन नियन्त्रणमा ठूलो योगदान पुग्ने विश्वास व्यक्त गरे। नगर प्रमुख गणेश पोखरेलले स्थानीय सरकारको साथ रहने प्रतिबद्धता जनाए।


कार्यक्रममा शैक्षिक सामग्री उपलब्ध गराउने संस्थाहरूलाई प्रमुख अतिथि विश्वनाथ बरालले प्रशंसा पत्र प्रदान गरी सम्मान गरेका थिए। साथै, अभियानकर्ता दर्शन भट्टराई, कल्पना भट्टराई र अशिम श्रेष्ठलाई पनि प्रशंसा पत्रद्वारा सम्मान गरिएको थियो।

कार्यक्रमलाई स्वास्थ्य कार्यालय झापा, आन्तरिक राजस्व कार्यालय झापा, सहर नेपाल चारपाने, नेपाल बहुउद्देश्यीय सहकारी संस्था काकडभिट्टा, प्याब्सन भद्रपुर नगर समिति, विभूति विद्यालय भद्रपुर, आउटफिट फेसन बिर्तामोड, इष्टपाइट स्कुल भद्रपुर, कृपा फार्मेसी, प्रभु कृपा फार्मेसीलगायतका संस्थाहरूले सहयोग गरेका थिए।

कार्यक्रमको स्वागत मन्तव्य चेतना नेपालकी प्रशिक्षक कल्पना भट्टराईले गरेकी थिइन् भने सञ्चालन सञ्चारकर्मी केशव भट्टराईले गरेका थिए।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *