छाला चम्किलो बनाउन यी खानेकुरा खाऔं

काठमाडौं- हामी सबै स्वस्थ, सुन्दर र सफा छाला चाहन्छौं। यसले हाम्रो आत्मविश्वास बढाउने काम गर्छ। तर हामीलाई छाला चम्किलो कसरी बनाउन के गर्ने भन्ने थाहा नहुन सक्छ। के तपाईंले कहिल्यै सोच्नुभएको छ कि छालाको सौन्दर्य बाहिरी स्वास्थ्यका साथै आन्तरिक स्वास्थ्यमा पनि भर पर्छ। हाम्रो शरीर जति स्वस्थ हुन्छ, हाम्रो छाला त्यति नै चम्किलो हुन्छ। 

नियमित हेरचाहले हाम्रो छालालाई स्वस्थ, चम्किलो र सुन्दर बनाउनुका साथै छालालाई समग्रमा राम्रो अवस्थामा राख्छ। हामीले दिनहुँ छालाका कोशिकाहरू फ्याँक्ने भएकाले छालालाई चम्किलो र स्वस्थ राख्न महत्त्वपूर्ण छ।

हाम्रो वातावरणले पनि हाम्रो छालामा ठूलो प्रभाव पार्छ। प्रदूषण, तनाव, हामीले खाने र पिउने तरिका र हामीले सास लिने हावाले पनि हाम्रो छालालाई बिगार्छ। तर यदि हामी चम्किलो छाला चाहन्छौं भने छालाको हेरचाहको लागि खानामा यी खानेकुरा समावेश गर्न सकिन्छ।

EPIC EPIC EPIC

टमाटर
टमाटरमा एन्टिअक्सिडेन्ट उच्च हुन्छ र लाइकोपीनले भरिएको हुन्छ। यसले छालालाई राम्रो बनाउन मद्दत गर्न सक्छ। तपाईंले यसलाई आफ्नो आहारमा दैनिक रूपमा समावेश गर्नुपर्छ जसले तपाईंको छाला राम्रो बनाउन मद्दत गर्न सक्छ।

गाजर
गाजरमा भिटामिन ए हुन्छ र यसले घाममा परेको छाला, बुढ्यौली छाला र चाउरी पर्नबाट रोक्नका लागि धेरै उपयोगी साबित हुन सक्छ। भिटामिन ए ले तपाईको छालालाई स्वस्थ र चम्किलो बनाउँछ।

काँक्रो 
काँक्रो पानीले भरिएको खानेकुरा हो जुन छालाको लागि एकदमै स्वस्थकर हुन्छ। यसले तपाईंको छालालाई हाइड्रेटेड र चिसो राख्छ। यसले तपाइँको छालालाई मुँहासे र यूवी विकिरणबाट बचाउँछ। यसले छालालाई चाउरी पर्नबाट पनि बचाउँछ र छालालाई कडा बनाउँछ। यसले छालाका कोशिकाहरूलाई क्षति हुनबाट समेत जोगाउँछ।

चुकन्दर 
यदि तपाईं स्वस्थ र सफा छाला चाहनुहुन्छ भने बैजनी र गाढा गुलाबी रंगको तरकारी धेरै लाभदायक साबित हुन सक्छ। यसमा भिटामिन ए, भिटामिन ई, क्याल्सियम र म्याग्नेसियम प्रचुर मात्रामा पाइन्छ।

पालक
हरियो सागसब्जीमा प्रशस्त मात्रामा पोषक तत्व पाइन्छ जसले स्वास्थ्यलाई बढावा दिन्छ। यो तपाईंको छालालाई बचाउन र छालाको चमक बढाउनको लागि धेरै महत्त्वपूर्ण छ। यसको एन्टिअक्सिडेन्ट गुणले धेरै प्रकारका छालासम्बन्धी समस्याहरूबाट बचाउन उपयोगी हुन्छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *