Search
Close this search box.
Search
Close this search box.

जंगली हात्तीको आक्रमणबाट मागुरमाडीमा एकको मृत्यु

झापा – जंगली हात्तीको आक्रमणबाट झापामा एकजनाको ज्यान गएको छ ।

मेचीनगर नगरपालिका मागुरमाडीका अन्दाजी ४५ बर्षिय श्याम राइको हात्तीको आक्रमणमा परि मृत्यु भएको इलाका प्रहरी कार्यालयले जनाएको छ ।

गएराति १२ः३० बजे गाउँमा आएको जंगली हात्ती खेदाउनेक्रममा राईलाई हात्तीले आक्रमण गरी गभ्भिर घाइते बनाएको थियो । घाइते राइलाई उपचारका लागि मेची अस्पताल भद्रपुर लगिएको र उपचारकै क्रममा आज बिहान २ः३० बजे चिकित्सकले राईलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *