मेचीनगर। जंगली हात्तीको आक्रमणबाट मेचीनगर नगरपालिका-१४ शनिबारेमा आज बिहान ६ बजे भद्रपुर नगरपालिका ९ निवासी ६० वर्षीय रामबहादुर बुर्जा मगरको मृत्यु भएको छ।
मगरलाई टंक पौडेलको चिया बगानमा चिया टिप्ने क्रममा जंगली हात्तीले आक्रमण गरेको प्रहरीले जनाएको छ। उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ ।
इलाका प्रहरी कार्यालय धुलाबारी र प्रहरी चौकी चारआलीबाट खटिएको प्रहरी टोलीले शवलाई कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि मेची अस्पताल भद्रपुर पठाउने जनाइएको छ।