Search
Close this search box.
Search
Close this search box.

जंगली हात्तीको उपद्रो बढ्दो

  • छोटकरीमा,
  • बुद्धशान्ति–३ मा दैनिक आउने जङ्गली हात्तीका कारण स्थानीयवासी त्रसित बनेका छन् ।
  • अन्नबाली खान र मानिसमाथि आक्रमण गर्न थालेपछि त्यस क्षेत्रका बासिन्दा त्रसित हुँदै आएका छन् ।
  • सोमबार साँझ मात्रै बुद्धशान्ति ३ मा रहेको गोकर्ण राईस मिलघरमा जंगली हात्तीले क्षति पुर्याएको छ ।
  • जंगली हात्ती नियन्त्रणका लागि सरोकारवाला पक्षले ठोस् कदन चाल्न नसक्दा नियन्त्रण हुन नसकेको स्थानीयको भनाई छ ।

बुद्धशान्ति । झापाको बुद्धशान्ति गाउँपालिकाका बासिन्दालाई जङ्गली हात्तीले महिनौ देखि दैनिक दुःख दिँदै आएको छ । बुद्धशान्ति–३ मा दैनिक आउने जङ्गली हात्तीका कारण स्थानीयवासी त्रसित बनेका छन् ।

मध्यरात भएपछि गाउँ पसेर हात्तीले घर, ग्वाली भत्काउन, अन्नबाली खान र मानिसमाथि आक्रमण गर्न थालेपछि त्यस क्षेत्रका बासिन्दा त्रसित हुँदै आएका छन् ।
दिनभरि नजीकै रहेको आदर्श नमूना सामुदायिक वनको जंगलभित्र बस्ने र साँझ पर्ने बित्तिकै गाउँ पसेर किसानले लगाएको सागसब्जी खाने, कुल्चे नष्ट गर्ने, घरभित्र थन्क्याएको अन्नसमेत खाइदिएको हुँदा उनीहरु ज्यान बचाउनु कि अन्न भन्ने कुराले त्रसित बनेका हुन् ।

बुद्धशान्ति ३ मा रहेको गोकर्ण राईस मिलघरमा जंगली हात्तीले पुर्याएको क्षति


सोमबार साँझ मात्रै बुद्धशान्ति ३ मा रहेको गोकर्ण राईस मिलघरमा जंगली हात्तीले क्षति पुर्याएको छ । मिलमा राखेको धान अन्न खाने निहुँमा मिलघरको भित्तेवाल भत्काएको छ ।


रात परेपछि गाउँ पस्ने गरेको हात्तीले घर भत्काउने, धानसमेत खाइदिने, अन्नपात किल्चिदिने गरेको स्थानीयले बताउँछन् । जंगली हात्ती नियन्त्रणका लागि सरोकारवाला पक्षले ठोस् कदन चाल्न नसक्दा नियन्त्रण हुन नसकेको स्थानीयको भनाई छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *