Search
Close this search box.
Search
Close this search box.

जङ्गली हात्ती छेक्न लगाइएको करेन्टमा परेर बुद्धशान्तिमा एक महिलाको मृत्यु

झापा । जङ्गली हात्ती छेक्न खेतमा लगाइएको करेन्ट लागेर बुद्धशान्ति गाउँपालिका ३ की ४८ वर्षीया विष्णुमाया बास्कोटाको मृत्यु भएको छ ।  आज बिहान ५ बजे घर नजिकै आफ्नै खेतमा लगाइएको विजुलीको नाङ्गो तारमा करेन्ट लाग्दा उनी घाइते भएकी थिइन् ।

घाइते बास्कोटाको उपचारको क्रममा बिर्तामोडस्थित विर्तासिटी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

EPIC

जिल्लामा हात्ती धपाउन लगाइएको बिजुलीको तारबाट करेन्ट लागेर यस अघि चारजनाको मृत्यु भएको छ । जसमध्ये दुई जना बुद्धशान्ति गाउँपालिकाकै रहेको डिभिजन वन कार्यालय झापाले जनाएको छ । 

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *