Search
Close this search box.
Search
Close this search box.

जनप्रतिनिधिको ज्याजति : नगरपालिकाका कर्मचारीलाई जबरजस्ती आफ्नो बारी खनाए

EPIC

धनगढी: धनगढी उपमहानगरपालिका वडा नं. ५ का वडा सदस्य भूमीराज जोशीले नगरपालिकाका कर्मचारीहरुलाई जबरजस्ती आफ्नो व्यक्तिगत काममा लगाएको पाइएको छ ।

नगरपालिकामा कार्यरत कर्मचारीहरुलाई वडा सदस्य जोशीले २ दिनदेखि आफ्नो बारी खन्ने काममा लगाएको पाइएको हो ।

EPIC

ज्यालादारी रुपमा नगरपालिकामा कार्यरत एक जना कर्मचारीका अनुसार वडा सदस्य जोशीले पहिलो दिन (मंगलबार) स्थायी कर्मचारीहरुलाई बारी खन्ने काममा लगाउने प्रयत्न गरेका थिए । तर उनीहरु इन्कार गरेपछि आज (बुधबार) ज्यालादारीमा कार्यरत कर्मचारीलाई काममा लगाएका हुन् ।

वडा सदस्य जोशीले ज्यालादारीमा कार्यरत रामकुमार चौधरी, कालुराम चौधरी, गणेश चौधरी र रमेश तिरुवालाई बारी खन्ने काममा लगाएका हुन् ।

EPIC EPIC EPIC

वडा सदस्य जोशीले प्रत्येक वर्ष नगरपालिकाका कर्मचारीहरुलाई बारी खन्ने काम गराउँदै आएका छन् ।

EPIC

वडा सदस्य जोशीले काममा लगाएको स्वीकार गर्दै दिनेश खबर संग भने, ‘उहाँहरु (कर्मचारी) नाली सफाईको काममा आउनुभएको थियो । मैले उहाँहरुलाई एकै छिन बारी खनिदेउ भनेर खन्न लगाए ।’

EPIC EPIC

लेखकको बारेमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *