बुद्धशान्ति । नेपाल बैंक लिमिटेडको बुधबारे शाखाले नवनिर्वाचित बुद्धशान्ति गाउँपालिकाका जनप्रतिनिधिलाई बधाई तथा शुभकामना प्रदान गरेको छ ।
शाखाका प्रवन्धक विमन खड्का लगायत बैंकका कर्मचारीले गाउँपालिका अध्यक्ष मनोज प्रसाईं, उपाध्यक्ष भवानी खतिवडा तथा बैंकको शाखा कार्यलय रहेको वडा नं -१ का वडाध्यक्ष अनिल वाग्लेलाई खदा, अविर तथा सम्मान पत्रले सम्मान गर्दै कार्यकाल सफलताको शुभकामना व्यक्त गरेका थिए ।
सम्मान कार्यक्रममा बोल्दै प्रवन्धक विमन खड्काले नेपाल बैंक लिमिटेड बुधबारे शाखाले गाँउपालिका संगको सहकार्यमा गाँउपालिकाको उद्धेश्य अनुरुप स्थानीयतहभरि वित्तीय साक्षरता कार्यक्रम सञ्चालन तथा उद्ममशिलता विकाशमा अभिबृद्घि तथा समग्र गाँउपालिकामा बैकिङ क्षेत्रको पहुचमा थप बृद्घि गर्दै जाने बताएका छन् ।
यता गाउँपालिका अध्यक्ष, उपाध्यक्ष तथा वडाध्यक्षले पनि बैंक संग सहकार्य गरेर अघि बढ्ने उद्घोष गरेका थिए ।