जनविश्वास र आफूँले पाँच वर्षमा गरेको कामको आधारमा हाम्रो जित सुनिश्चत छः मेयर पदका उम्मेदवार पोखरेल

कनकाई । कनकाई नगरबासीको विश्वास, माया, भरोसा र नेकपा एमालेको मजबुत संगठन एवम् समर्पित कार्यकर्ताको बलमा नेकपा एमालेले जीत हासिल गर्ने नगरप्रमुख पदका उम्मेदवार राजेन्द्रकुमार पोखरेलले बताएका छन् ।

विगत ५ वर्षमा आफू र आफ्नो टिमले गरेका जनमुखी काम तथा नेकपा एमाले कनकाईले अघि सारेका चुनावी प्रतिबद्धता नै आफ्नो जीतको आधार भएको उनको भनार्इ छ । पार्टीमा अनुभवी नेतृत्व, उत्साही युवा, पार्टीका वरिपरि गोलबद्ध भएका बुद्धिजीवी, आमकिसान, मजदुर, व्यापारी, व्यवसायी सबैको समर्थनमा कनकाई नगरका ४७ वटै पदमा २०७४ सालको चुनावभन्दा बढी मत अन्तरले विजय हुने पोखरेलको दावी छ ।

EPIC EPIC EPIC

नेकपा एमालेको संगठन अत्यन्तै परिपक्व, दृढ र कर्मशील कार्यकर्ताकै बलमा बनेको कारण यसलाई कसैले हल्लिन नसक्ने र एमालेका कार्यकर्ता र समर्थकको बलमा जीत हासिल गर्ने विपक्षीको चाहना फगत सपना मात्र रहेको उनले दृढता व्यक्त गरेका छन् ।

एमालेका कार्यकर्ताको एकता, जुझारुपन र क्रियाशीलतासँग अन्य दलले प्रतिष्पर्धा गर्न नसक्ने उनको भनाई छ । ९ वटै वार्डको सामूहिक घरदैलो कार्यक्रम सकिएको र अब मतदाता शिक्षाका लागि हरेक वार्डका टोलटोलमा कार्यकर्ता खटेको पोखरेलले बताए ।

यसअघि सुरुङ्गा गाविसको उपाध्यक्ष र कनकाई नगरको प्रमुख सफलतापूर्वक चलाई अनुभव पनि हासिल गरिसकेका पोखरेलसहित सम्पूर्ण एमालेका उम्मेदवार आफ्नो विजयमा विश्वस्त रहेको पाइएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

Bishnu Prasad Lamichane

Leave a Reply

Your email address will not be published. Required fields are marked *