Search
Close this search box.
Search
Close this search box.

जन्तेढुंगा गाउँपालिकाको कार्यक्रम : २५ वटा खसी पाल्ने किसानलाई ५० हजार नगद पुरस्कार

खोटाङ – खोटाङको जन्तेढुंगा गाउँपालिकाले वर्षमा २५ वटा बढी खसी बिक्री गर्ने किसानलाई नगद पुरस्कार दिने कार्यक्रम ल्याएको छ ।

सोमबार सम्पन्न गाउँपालिकाको आठौा गाउँसभाले आफ्नै मिहिनेतमा वार्षिक २५ वटा बढी खसी पालेर बिक्री गर्ने किसानलाई जनही ५० हजार रुपैयाँका दरले नगद पुरस्कार दिने निर्णय पारित गरेको हो ।

गाउँपालिकाको अधिकांश भूभागमा खसीबाख्रापालनका लागि उपयुक्त हावापानी भएकाले गाउँसभाबाट किसानलाई प्रोत्साहनका कार्यक्रम ल्याइएको जन्तेढुंगा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गिरिराज भट्टराईले बताए ।

जन्तेढुंगाका ६ वटै वडामा खसीबाख्रापालन हुँदै आएको छ । खसीपालनबाट किसानको आर्थिक समृद्धिमा टेवा पु¥याउन सकिने सम्भावना भएकाले गाउँसभाले चालू आर्थिक वर्षबाटै खसीपालकको प्रोत्साहनका लागि कार्यक्रम लागू गरिएको बताएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *