कचनकवलका असहाय आमाहरुलाई युवा संघले घर बनाई दिने

कचनकवल । राष्ट्रिय युवा संघ नेपालले झापाको कचनकवल–१ कुटीमा दुई असहाय आमा उमावती र रामवतीको लागि नयाँ घर निर्माण गर्ने भएको छ । यी आमाहरू आर्थिक रूपमा अति कमजोर अवस्थामा छन् र श्रीमान नभएकाले एक्लो जीवनयापन गर्न कठिनाइ भोगिरहेका छन् ।


राष्ट्रिय युवा संघ नेपाल कचनकवलका अध्यक्ष नवराज ढुंगानाको जन्मदिनको अवसर पारेर घरको शिलान्यास गरिएको हो । ‘दुखीको घर, युवाको भर’ भन्ने नारालाई आत्मसात गर्दै कचनकवल गाउँ कमिटीले यो पहल थालेको युवा संघ ६ नं का कमिटि अध्यक्ष श्याम घिमिरेले कार्यक्रमको औचित्यमाथी प्रकास पार्दै बताए ।
कार्यक्रममा बोल्दै अध्यक्ष ढुंगानाले समाजका कमजोर र असहाय वर्गलाई सहारा दिने दायित्व सबै युवाहरूको भएका बताए । उनले उमावती र रामवतीजस्ता असहाय आमाहरूको अवस्था देख्दा मन विचलित भएकाले आवास निर्माणमा पहलकदमी गरेको जानकारी दिए ।

EPIC EPIC EPIC


उनीहरूको लागि सानो भए पनि टेवा पु¥याउने काम गर्न पाउँदा गर्व महसुस भइरहेको छ । हामी केवल भाषण र नारामा सिमित नभई, वास्तविक समस्या समाधानका लागि काम गरिरहेका छौँ । विरिङ खोलाको बाढीले सबै जग्गा बगाएपछि उनीहरूको जीवनयापन असम्भवजस्तै भएको थियो । यसैले, उहाँहरूको लागि यो घर निर्माण गर्ने निर्णय लिएका हौँ, उभनले भने ।
उनका अनुसार युवा संघको भूमिका केवल राजनीतिक गतिविधिमा सिमित छैन । हामी समाजका पीडित, गरिब र असहायका लागि वास्तविक समाधान खोज्ने उद्देश्यले अघि बढिरहेका छौँ । यसअघि कचनकवल–६ मा विपन्न परिवारलाई घर निर्माण गरी हस्तान्तरण गरेका थियौँ । आज, मेरो जन्मदिनको दिन गरिब, दुखीको लागि केही गर्न पाउँदा, यो मेरो जीवनकै ठूलो उपहार जस्तो लागेको छ । रमाइलो र उत्सवभन्दा मानवताका लागि योगदान दिनु जीवनको सच्चा अर्थ हो ।


उनले समाजका युवाहरूलाई यस्ता सकारात्मक कार्यमा सक्रिय रूपमा सहभागी हुन आह्वान गर्दै घर निर्माण कार्यको क्रममा युवा संघका सबै सदस्यको समर्पण र सहकार्यको खाँचो भएको बताए । अबको डेढ महिनाभित्र घर तयार पारेर हस्तान्तरण गर्ने योजना छ । समयमै निर्माण पूरा गरेर आमाहरूलाई सुरक्षित आश्रय दिने उनको धारणा छ ।


घर निर्माणमा भद्रपुर कमिटीले १० हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरिसकेको छ भने निर्माण कार्यमा युवा संघका सदस्यहरूको सक्रिय भूमिका रहने बताइएको छ । कार्यक्रममा प्रमुख अतिथि तथा राष्ट्रिय युवा संघका केन्द्रीय सचिव पर्वतराज भण्डारीले आवास निर्माणका लागि २५ हजार सहयोगको घोषणा गरेका छन् । उनले यसअघि युवा संघले निर्माण गरेका सबै घरमा सहयोग गरेका थिए ।
कार्यक्रममा नेकपा एमाले कोशी प्रदेशका सदस्य बसन्त बानियाँ, कचनकवल गाउँपालिका उपाध्यक्ष नवराज भट्टराई, कचनकवलका अध्यक्ष कुलबहादुर कार्की, जिल्ला कमिटी सदस्य तोयानाथ दाहाल, युवा संघ जिल्ला कमिटी सदस्य श्रेया दाहाल, गाउँ कमिटी सदस्य देवेन्द्र मैनाली, पार्टीका १ नं. वडा अध्यक्ष हस्तबहादुर तामाङको उपस्थिति रहेको थियो ।
यसअघि राष्ट्रिय युवा संघले कचनकवल–६ मा एक विपन्न परिवारलाई घर निर्माण गरी हस्तान्तरण गरेको थियो । सामाजिक रुपमा उदाहरणीय काम गरिरहेको युवा संघको पहललाई संगठनले प्रशंसा गरेको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *