काठमाडौं, १ भदौ । जम्मरकट्टेल वंशावली खोज तथा अनुसन्धानकर्ताको टोपलदास जम्मरकट्टेलको ८१ वर्षको उमेरमा निधन भएको छ । गत साउन ३१ गते काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा उनको निधन भएको हो ।
सोलुखुम्बुको नेचासल्यान गाउँपालिका– ४ (साविक नेचावेतघारी–७) का टोपलदासलाई जम्मरकट्टेल समुदायले वंशावली खोज अभियन्ताको रुपमा चिन्छन् । उनले देशभरका ७७ वटै जिल्लामा पुगेर जम्मरकट्टेलको वंशावली संकलन गरेरका थिए । टोपलदास आफ्नो जीवनको पूरै समय दिएर जम्मरकट्टेल वंशावलीको खोज र अनुसन्धान लागेका थिए ।