Search
Close this search box.
Search
Close this search box.

जाँदाजाँदै के- के गरे डोनाल्ड ट्रम्पले ?

काठमाडौं। आज जनवरी २० तारिख। महाशक्ति अमेरिकाले नयाँ पाइलट पाउने दिन। आजदेखि डोनाल्ड ट्रम्प पदनिवृत्त हुँदै छन्। २०१६ मा राष्ट्रपति बनेका ट्रम्पको कार्यकालको अधिकांश समय विवादमै रह्यो। उनले निर्वाचनमा पराजयको समाचार सुन्नै चाहेनन्। पदमा टिकिरहन अनेक तिकडम गरे। यतिसम्म कि संसद् भवनमा आफ्ना मानिस घुसाएर हमलासमेत गराए। कुर्सी छाड्दाछाड्दै पनि उनले केही यस्ता निर्णय गरिदिए, जसले अमेरिकासँग कतिपय देशको सम्बन्ध थप चिसिने छ।

विदेशमन्त्री माइक पोम्पियोले मंगलबार चीनमा विगर मुसलमानमाथि दमन गर्दै जनसंहार भइरहेको दाबी गरे। उनको दाबीलाई नयाँ राष्ट्रपति जो बाइडेन सरकारमा विदेश मन्त्रालयको जिम्मेवारी पाएका एन्टोनी ब्लिंकनले सहमति जनाए। यस्तो टिप्पणीले चीन(अमेरिकाको उसै पनि चिसिएको सम्बन्धमा झनै टकराव उत्पन्न हुने अवस्था देखिन्छ।

चीनले त्यहाँका विगर मुसलमानलाई विगत केही वर्षदेखि निगरानी क्याम्पमा राखेको मानवअधिकार समूहको भनाइ छ। चीन सरकार उक्त क्याम्पलाई पुनर्शिक्षण क्याम्प भन्छ। बीबीसीले गरेको खोजमा विगर मुसलमानलाई बँधुवा मजदुर बन्न विवश पारिएको पाइएको छ।

राष्ट्रपति ट्रम्पको कार्यकालमा चीनसँगको तनावले स्थायी रुप लियो। यी तनावको केन्द्रमा व्यापारिक नीतिहरू र कोरोना महामारीको विस्तार रहन पुगे।

पोम्पियोले भने, ‘‘मलाई लाग्छ, चीनको यो जनसंहार अहिले पनि जारी छ। हामी देखिरहेको छौं, चिनियाँ कम्युनिस्ट पार्टीको सरकार सुनियोजित ढंगमा विगर मुसलमानको संहार गरिरहेको छ।’’ पोम्पियोको यो भनाइ ट्रम्प सरकारको अन्तिम दिन आएको हो।

पोम्पियो चीनमाथि मात्र खनिएनन्, भारतसँग पनि जोडिए। उनले ट्विट गर्दै भने, ‘‘ब्रिक्सको सम्झना छरु जायर बोल्सोनारो ९ब्राजिलका राष्ट्रपति० र नरेन्द्र मोदीलाई धन्यवाद। बी र आई दुवैलाई थाहा होला, सी ९चीन० तिनका निम्ति कति खतरनाक छन्’’

ब्रिक्स ब्राजिल, रुस, इन्डिया, चीन र दक्षिण अफ्रिकाको संगठन हो। पोम्पियोले ब्राजिल र भारतलाई चेतावनीको भाषा बोले। पछिल्लो समय भारत र चीनबीच पनि तनाव छ। सीमाविवादको उल्झन जारी छ।

भारत र रुसबीचको सम्बन्ध उसैगरी चिसिएको छ। रुसी विदेशमन्त्री सेर्गेई लाभारोभले पश्चिमी मुलुकले भारतलाई चीनविरुद्ध ‘मोहोरा’ बनाएको बताएका थिए।

ट्रम्प सरकारले आफ्नो आखिरी दिनमा चीनलाई ‘थप चिसो सम्बन्ध’ उपहार दिएर गएको छ। चीनमाथि उसले दिएको झट्काको असर कहिलेसम्म र कहाँसम्म पर्ला, त्यो भने हेर्न बाँकी नै छ।एजेन्सीहरूको सहयोगमा

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *