Search
Close this search box.
Search
Close this search box.

जातीय भेदभाव गरेको आरोपमा झापाको हल्दिबारी गाउँपालिकाका पूर्वउपाध्यक्ष गिरी पक्राउ

झापा । जातीय विभेद तथा छुवाछुत गरेको आरोपमा झापाको हल्दिबारी गाउँपालिकाका पूर्वउपाध्यक्ष डम्बर गिरी पक्राउ परेका छन् ।

जिल्ला समन्वय समिति झापाका पूर्वप्रमुख सोमनाथ पोर्तेलमाथि जातीय भेदभाव तथा छुवाछुत गरेको भन्दै इलाका प्रहरी कार्यालय बिर्तामोडमा गत चैत २८ गते जाहेरी परेकोमा आइतबार गिरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

पोर्तेलको जाहेरीको आधारमा गिरीलाई शनिवार साँझ बिर्तामोडबाट प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) मिलन केसीले जानकारी दिए । उनका अनुसार गिरीले पोर्तेललाई टेलिफोन संवादमार्फत जातीय तथा अन्य छुवाछूत र भेदभाव (कसूर र सजाय) ऐन, २०६८ आकर्षण हुने गरी अभिव्यक्ति दिएको आधारमा पक्राउ गरिएको हो ।

गत चैत १८ गते हल्दिबारीमा भएको नेकपा (एमाले) हल्दिबारी गाउँपालिकाको बैठक सकेर फर्किएका पोर्तेललाई गिरीले फोनबाट गालीगलौच गर्दै जातीय विभेद, अपमान हुने गरी अभिव्यक्ति दिएको भन्दै पोर्तेलले प्रहरी कार्यालयमा जाहेरी दिएका थिए । पक्राउ गरिएका गिरीलाई अहिले इलाका प्रहरी कार्यालय अनारमनीमा राखेर थप अनुसन्धान भइरहेको प्रहरी प्रमुख केसीले बताए ।

जिल्ला समन्वय समिति झापाका पूर्व प्रमुख रहेका पोर्तेल नेकपा ९एमाले० निकट नेपाल उत्पीडित जातीय मुक्ति समाज नेपालका सचिव, नेकपा (एमाले) कोशी प्रदेश कमिटी सदस्य रहेका छन् । उनीमाथि जातीय विभेद भएको भन्दै नेपाल दलित संघ झापा, जातीय मुक्ति समाज झापा, नेपाल दलित मुक्ति मोर्चा झापा, राष्ट्रिय प्रजातान्त्रिक उत्पीडित उत्थान सङ्गठन झापा, दलित जागरण अभियान झापा र ओरिफ नेपाल झापाले संयुक्त विज्ञप्ति जारी गर्दै गिरीलाई तत्काल पक्राउ गरी कडा भन्दा कडा कारबाहीको माग गर्न ध्यानाकर्षण गराएका थिए ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *