काठमाडौं। जीवन विकास लघुवित्त वित्तीय संस्थाको साधारण सेयर-आईपीओ यही असार ११ गतेदेखि आउने भएको छ। कम्पनीले एक सय रुपैयाँ मूल्यको १९ लाख ७७ हजार ३०० कित्ता सेयर निष्कासन गर्ने भएको हो।
कर्मचारी र सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी बस्ने १८ लाख ४८ हजार १५ कित्तामा सर्वसाधारणले आवेदन दिन पाउनेछन्।