पालिका संदेश|आसन्न चुनावमा उम्मेदवारी दिएका नेता र तिनका कार्यकर्ताहरु यतिबेला मतदाताका घरदैलो भोट मागिरहेका छन्।
कोहि बाजागाजा सहित घर-घर पुगिरहेका छन् भने कोहि चोकमा भाषण गरिरहेका छन् ।
कतिपय उम्मेदवार भने यतिबेला दल-बल नलिई सुटुक्क घर-गाउँ पसिरहेका छन्।
चुनावी प्रतिस्पर्धा त मत परिणामसगै आउने नै छ तर भोट मगाईमा कसको संख्या ठूलो देखिने भन्ने कुरामा रोचक प्रतिस्पर्धा देखिएको छ।
निर्वाचन आयोगले आचारसंहिता मार्फत कतिपय प्रचारका शैलीमा रोक लगाएसगै अधिकाश मुलधारे पार्टीका प्रचारका शैली उस्तै छन्।
आफ्ना कार्यकर्तालाई अघि पछि लगाउदै बाइक,तीन पाङ्ग्रे अटो, र गाजाबाजा सहितका पिक-अप प्राय उम्मेदवारका रोजाईमा परेका छन्।
बुद्धशान्तिमा मुलतः नेकपा एमालेकी मिरा भुर्तेल, नेपाली काङ्ग्रेसका मनोज प्रसाईं र राप्रपाका ध्रुव कोइरालाको शैली एकै किसिमको देखिन्छ।
जनता समाजवादीका दुर्गा नेम्बाङ र मङ्गोल नेशनल अर्गानाइजेसनका खड्गबहादुर तामाङ भने हो-हल्ला बिनै चुनावी मैदानमा भिडिरहेका छन् ।
कतिपय उम्मेदवारले यसपटकको सामाजिक संजालको प्रयोग भने बढाएका छन्।नेपाली काङ्ग्रेस र नेकपा एमालेले सामाजिक संजाललाई प्रयोग गरेका छन्।
त्यसबाहेक गाउँपालिका अध्यक्षका प्रत्यासीहरु सबै मतदाताका घरमा पुगेको देखिन्छ तर जनताका आवश्यकता वा माग बारे बोक्रे रूपमा टिप्पणी उठाएका छन्।
आफ्नो पार्टीको नाम र आफुले उम्मेदवारी दिएको पदमा भोट माग्दै उनिहरु निकै हतारमा एक-घरबाट अर्को घर पुग्छन्।
जनताको वास्तविक माग वा आवश्यकता के छन् भन्नेबारे उनीहरुलाई खास चासो देखिदैन।
बुद्दशान्ती ४ कि कला लिम्बु उम्मेदवारहरुको शैलीप्रती व्यंग्य गर्दै जितेपछी सबैले बिर्सने बताँउछिन्।
उनले भनिन्, ” जुन जोगि आएनी कानै चिरेको त हो नि,भोट हालेर जितायो पछि त चिन्दैनन घर अगाडीको बाटोबाट नहेरी हिड्छन।
अधिकांश मतदाताहरुको एकै स्वर सुनिन्छ,चुनाव जितेर गएपछी फर्केर आउने कुरा कल्पना नै नगरे हुन्छ।
बुद्धशान्ती ५ खारखोलाकि ८७ बर्षिया हरिमाया दाहाल आफुले एउटै पार्टीलाई ५०औं बर्षदेखी भोट हाल्दै आएको र यो निर्वाचनमा पनि सोही भोट हाल्ने तर कसैल काम नगर्ने बताउछिन्।
उनी भन्छिन, “५० बर्षदेखी एउटै पार्टीलाई भोट दिए तर नाप्ने कसैले होइनन्, भोट नहाल्दा पनि राज्यको कानुन नमाने जस्तो हुन्छ”।
बुद्धशान्ती ३ का तोयानाथ शर्मा भन्छन्, भोट माग्न आउँदा चिल्ला गफ र सपना बाड्छन चुनाव सकिएपछि ५ बर्षलाई गायब”।
चुनावि शैली प्रती नयाँ पुस्ता पनि खुशी छैन,बुद्धशान्ती ६ का सुरज खनाल तथ्यगत रुपमा उम्मेदवारहरु बलियो नरहेको बताउँछन्।
” घोषणा-पत्र त फगत हल्ला जस्तो मात्रै देखिन्छ, ग्राउन्ड जिरोको समस्या कसैले उठान गरेको देखिदैन, सतही नारा र आश्वसन बाहेक तथ्य केहिपनी भेटिदैन” उनले भने।