जुवातास खेल्ने २० जना पक्राउ

भरतपुर। जिल्ला प्रहरी कार्यालय चितवनले दसैँको समयमा तास र कौडा खेलिरहेका २० जनालाई पक्राउ गरेको छ। 

EPIC

चाडपर्व लक्षित विशेष सुरक्षा अभियानअन्तर्गत जिल्लाका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरिएको हो। 

इलाका प्रहरी कार्यालय माडीबाट खटिएको टोलीले सात जना, इलाका प्रहरी कार्यालय रत्ननगरको टोलीले सात र इलाका प्रहरी कार्यालय खैरहनीबाट खटिएको टोलीले ६ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक सुवास भट्टले बताए। 

उनीहरुको साथबाट दुई लाख ४६ हजार ७६५ रूपैयाँ, खेलमा प्रयोग गरेको कौडा र तास बरामद भएको छ। 

EPIC EPIC EPIC

पक्राउ परेकालाई जुवा ऐनअन्तर्गत मुद्दा चलाएर कारवाही अघि बढाएको प्रहरीले बताएको छ। सामूहिक रूपमा ठूलो धनराशी बाजी राखेर खेलेको सूचनाका आधारमा ती व्यक्ति पक्राउ परेका हुन्। 

EPIC
EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

tihar