Search
Close this search box.
Search
Close this search box.

जेठ १५ भित्र तामाकोशी आयोजनाले विद्युत उत्पादन गर्ने

दोलखा । माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको सुरुङ परिक्षण गर्नका लागि हिजो बैशाख १६ गते सेटलिङ बेसिन -बालुवा थिग्रयाउने पोखरी मा पानी छोडिएको छ । अपरान्ह १२ बजे सरकारी उच्चस्तरीय टोलीको उपस्थितिमा बाँध खोली पानी पठाइएको हो । पानी पठाए लगतै सञ्चार तथा सूचना मन्त्री पार्वत गुरुङले जेठको १५ भित्र तामाकोशी जलविद्युत आयोजनाले बिद्युत उत्पादन गर्ने प्रतिबद्धता जाहेर गरेका छन ।

सुरुङ परीक्षणको पूर्वतालिका अनुसार पानी भर्न सुरु गरेको अवलोकन गर्ने गरी भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङ, सञ्चार तथा सूचना मन्त्री पार्वत गुरुङ, ऊर्जा, जलस्रोत तथा सिँचाइ सचिव देवेन्द्र कार्की, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य लगायतको टोली हेलिकोप्टरमा आयोजनास्थल आइपुगेको थियो ।

सेटलिङ बेसिन भरिन करिब ५ घन्टा लाग्ने र त्यसपछि विस्तार सुरुङमा पानी प्रवेश गर्ने जानइएकोछ । ‘पर्सिसम्म पानी पेनस्टकमा पुग्छ होला, सुरुङमा पानी भरिएर परीक्षण गर्न करिब ९ दिन लाग्छ, आयोजनाका प्रमुख बिज्ञान श्रेष्ठले बताए । सुरुङ परीक्षण सफल भएपछि टर्बाइन परीक्षण सुरु भएको छ । सेटलिङ बेसिन ९बालुवा थिग्रयाउने पोखरी० मा पानी छोडिएको यो दोस्रो पटक हो । २०७७ चैतमा पनि सेटलिङ बेसिनमा पानी छोडिएको तर केही समस्या आएपछि पून यसपटक पनि भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङ, सञ्चार तथा सूचना मन्त्री पार्वत गुरुङले सुईच अन गरि पानी छोडिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री टोपबहादुर रायमाझी कोरोना संक्रमित भएपछि उनको प्रतिनिधित्व गर्दै भौतिक मन्त्री नेम्वाङ र सूचना मन्त्री गुरुङ आएका थिए ।

मेसिन अर्थात् टर्बाइन परीक्षण गर्न पनि १२–१४ दिन लाग्ने आयोजना प्रमुख बिज्ञान श्रेष्ठले बताए । यो सफल भएपछि मात्र औपचारिकरूपमा बाँधबाट पानी सञ्चालन गरी विद्युत् उत्पादन सुरु हुन्छ । सामान्य हिसाबमा पनि सुरुङमा पानी भर्न ९–१० दिन र टर्बाइन परीक्षण गर्न १२–१४ दिन लाग्ने उनले बताए ।

माथिल्लो तामाकोशी जलविद्युत आयोजना बाग्मती प्रदेशअन्तर्गत दोलखा जिल्लाको बिगु गाउँपालिकाको वडा नं। १ लामाबगरमा सदरमुकाम चरिकोटबाट उत्तरी दिशातर्फ पर्दछ । सप्तकोशी नदीको सहायक नदीहरुमध्ये एक तामाकोशी नदीमा निर्माण हुने यस आयोजनाको जडित क्षमता ४५६ मेगावाट र औसत वार्षिक ऊर्जा उत्पादन २ अर्ब २८ करोड युनिट हुनेछ ।

आयोजनाको ग्रस हेड ८२२ मिटर र डिजाइन डिस्चार्ज ६६ घनमिटर प्रति सेकेण्ड रहेको छ । यस आयोजनाबाट उत्पादित बिजुली २२० किलोभोल्ट क्षमताको ४७ कि।मि। प्रसारण लाइनमार्फत नेपालको राष्ट्रिय प्रसारण प्रणालीमा जडान गरिनेछ ।

आयोजना अन्तर्गत ४७ कि।मि। लामो २२० केभी डबल सर्किट प्रसारण लाइनको सम्पूर्ण कार्य २०७६ साल असारमा सम्पन्न भएकोमा गत सालको वर्षामा आएको पहिरोले एउटा टावर र विद्युतगृह नजिकैको टेक अफ वाड मा क्षति पुग्न गई सो टावर र टेक अफ वाडको पुननिर्माण कार्य भइरहेको छ सो पुननिर्माण कार्य आगामी २ हप्ताभित्र सम्पन्न गरी प्रसारण लाइन सञ्चालनमा ल्याउने लक्ष्य लिइएको छ । त्यस्तै, उपर्युक्त प्रसारण लाइन जोड्ने २२०÷१३२ केभीको नयाँ खिम्ती सवस्टेशनको मुख्य कार्य सम्पन्न भई सोको टेसटिङ र कमौनिकेसन कार्य पनि अन्तिम चरणमा पुगेको उनले बताए। ।

आ।व। २०६७(६८ मा निर्माण सुरु भएको यस आयोजनामा मुख्य सुरुङको डिजाइन परिवर्तन, लट २ ठेकेदारको कमजोर कार्य सम्पादन लगायतका विभिन्न प्राविधिक कारणहरू तथा मुख्य रुपमा २०७२ सालको महाभूकम्प ९करिब २ वर्ष० र कोभिङ–१९ महामारीले गर्दा आयोजनाको समयतालिकामा प्रतिकूल असर परेको आयोजनाले दाबि गरेको छ । आयोजनाको लागत सय अर्ब छेउछाउ पुग्न लागेको छ ।राजधानीमा खबर छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *