जोरकलसबाट ‘तपाईंको मास्क खै’ अभियान सुरु

बुद्धशान्ति– कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै झापाको बुद्धशान्तिमा ‘तपाईको मास्क खै’ अभियानको सुभारम्भ गरिएको छ ।

‘म पनि माक्स लगाउछु, अरुलाई पनि माक्स लगाउन प्रेरित गर्छु’ भन्ने अभियानका साथ राष्टिय युवा संघ नेपाल तथा अनेरास्ववियु बुद्धशान्तिको आयोजनामा अभियान सुरु गरिएको हो । बुद्धशान्ति गाउँपालिकाको सिमाना जोरकलसबाट उक्त अभियान सुरु गरिएको मञ्जिल पाठकले बताएका छन् ।

EPIC EPIC EPIC

कोरोना भाइरसको सक्रमणबाट सुरक्षित रहन आम नागरिकलाई आग्रह गर्दै मास्क नलगाई यात्रा गर्ने सर्वसाधरणलाई सचेत गराउनका लागि अभियान चलाइएको कार्यक्रमका संयोजक सुजन भण्डारीले बताएका छन् ।

बजारक्षेत्रमा हुने मानिसको चापलाई मध्यनजर राखेर सर्वसाधरण र सवारी चालकलाई मास्क वितरण गरिएको छ । उक्त अभियानमा इलाका प्रहरी जोरकलसका प्रहरी, केन्द्रिय कमिटि सदस्य चन्द्र मावो लगायत २५ बढीको सहभागीता रहेको थियो । उक्त अभियान बुद्धशान्ति ७ बाट सुरु गरिएता पनि गाउँपालिका भरि नै सञ्चालन गरिने बताइएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *