झन्डै तीन किलो सुनसहित विमानस्थलबाट महिला पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झण्डै तीन किलोग्राम सुनसहित एक महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा फिलिपिनी नागरिक रहेको प्रहरीले जनाएको छ । 

EPIC

दुबई हुँदै काठमाडौं आएकी उनलाई सुनसहित शुक्रबार साँझ पक्राउ गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रहरी प्रमुख डीआईजी अर्जुन चन्द ठकुरीले लोकान्तरलाई जानकारी दिए ।

उनका अनुसार बरामद सुन झण्डै तीन किलोग्राम छ । ‘दुबईबाट काठमाडौं आउँदै गरेको फिलिपिना नागरिक सुनसहित समातिएकी छन् । समातिएको सुन झण्डै तीन किलोग्राम छ,’ उनले भने । 

यसबारे थप अनुसन्धान भइरहेको उनले बताए ।

EPIC EPIC EPIC
EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

tihar