Search
Close this search box.
Search
Close this search box.

झमक घिमिरे प्रलेस प्रतिभा पुरस्कारबाट सम्मानित

धनकुटा। साहित्यकार झमक घिमिरे यस वर्षको प्रलेस प्रतिभा पुरस्कारबाट सम्मानित हुनुभएकाे छ । प्रगतिशील लेखक सङ्घ (प्रलेस) केन्द्रीय समितिले आज झमक घिमिरेकाे निवास धनकुटा नगरपालिका–६ कचिङ्डेमा पुगेर पुरस्कार प्रदान गरेकाे हाे ।

प्रलेस नेपालकी केन्द्रीय उपाध्यक्ष नमुना शर्मा तथा महासचिव देवी क्षेत्री दुलाललगायतले घिमिरेलाई पुरस्कार प्रदान गर्नुभयाे । घिमिरेलाई २० हजार एक सय रुपैयाँ नगदसहित सम्मान–पत्र र दोसल्ला प्रदान गरिएको छ ।

EPIC EPIC EPIC

गएकाे असोजमा पूर्वप्रधानमन्त्री झलनाथ खनाल, प्रलेस केन्द्रीय अध्यक्ष मधुसूदन गिरीको उपस्थितिमा पुरस्कारको घोषणा गरिएको थियो । प्रगतिशील वाङ्मयको उन्नयनमा उच्च योगदान पुर्‍याएका व्यक्तिलाई प्रत्येक वर्ष पुरस्कार प्रदान गरिँदै आएकाे प्रलेस केन्द्रीय समितिकी उपाध्यक्ष शर्माले बताउनुभयाे ।

पुरस्कार वितरण कार्यक्रमका प्रमुख अतिथि झमक घिमिरे साहित्य कला प्रतिष्ठानका अध्यक्ष गोपाल गुरागाईं, प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेललगायतले झमक घिमिरेको बारे धारणा राख्नुभएकाे थियाे । घिमिरे पछिल्लो समय स्वास्थ्यमा समस्या भई उपचाररत हुनुहुन्छ ।

घिमिरेले ‘जीवन काँडाकी फूल’ नामको कृतिका लागि मदन पुरस्कार प्राप्त गर्नुभएकाे छ । यस्तै उहाँले कविता बाल साहित्य प्रतिभा पुरस्कार (२०५५), अस्वीकृत विकार साहित्य पुरस्कार (२०५६), लैनसिंह वाङ्देल पुरस्कार (२०७२), प्रबल गोरखा दक्षिण बाहु चौथो लगायतका पुरस्कार तथा सम्मान प्राप्त गर्नुभएकाे छ ।

झमक घिमिरेका सङ्कल्प, आफ्नै चित्ता, अग्निशिखातिर, मान्छेभित्रका योद्धाहरू लगायतका दर्जनौं कृति प्रकाशित भएका छन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *