झर्दै छु झरीले भन्छन्
मनभरि भारी भयो
पीडा ब्यथा बगाउँ
बगिदेउ झरनासँग
नदिले भन्छन्
किनारा छेके
उम्कँन देउ
वषौ भेट नभाएको
ऊसँग
लहरा छहरा पहरा भन्छन्
मिलिजुली भेट गरौं
उत्सव मनाउँ जीवनसँग
बादलले भन्छन्
कति छेक्नु
आकाशलाई
धर्तीको आँगनीमा
उसलाई देख्न पाइयोस्
फुलफुलैको हरियाली बन
रुम्न झुम्न ऊसँग ।
– अमित संग्रौला, बिर्तामोड