झापाको कनकाईमा २२ बर्षिय युवक मृत भेटिए 

विर्तामोड । झापामा कनकाईमा २२ वर्षीय युवा मृत भेटिएका छन्।

EPIC

बुधबार बिहान ९ बजे कनकाई नगरपालिका-३ स्थित सुरूङ्गा खोलाको बाँसघारीमा एक युवकको शव फेला परेको हो।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राकेश थापाका अनुसार शव सोही स्थानमा बस्ने हंश नारायण चौधरीको छोरा अभिषेक चौधरीको हो।

स्थानीयले शव फेला पारेपछि इलाका प्रहरी कार्यालय सुरूङ्गाबाट प्रहरीको टोली खटिएको छ। चौधरीको  अनुहारमा चोट लागेको हुँदा मृत्यु शंकास्पद भएको प्रहरी नायब उपरीक्षक थापाले बताए।

EPIC EPIC EPIC
EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

tihar