Search
Close this search box.
Search
Close this search box.

झापाको गौरीगञ्जमा एक बिगाहाको धान जलेर नष्ट

बुधबार साँझ भएको आगलागीबाट झापाको गौरीगञ्ज गाउँपालिका ४ चन्द्रवंशी टोलका जगदिश मेहताको एक विघा खेतको धान जलेर नष्ट भएको छ ।

साँझ ६.४५ बजेको समयमा मेहताको खेतमा जम्मा गरी राखिएको १ विघा खेतको धानमा अचानक आगलागी भएको हो ।

स्थानीयले इलाका प्रहरी कार्यालय खजुरगाछीमा जानकारी गराएपछि प्रहरी टोली खटिगई स्थानीयबासी, नेपाल प्रहरी र गौरादह नगरपालिकाको दमकलको सहयोगमा साँझ ७.३० बजे आगो पूर्ण रुपमा निभाएको र आगलागीबाट १ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *