झापाको मेचीनगरबाट सात लाख २१ हजार बराबरको अवैध सामान बरामद

झापा। झापाको मेचीनगर नगरपालिका(७ बाट ठूलो परिमाणमा अवैध सामान बरामद गरिएको छ।

इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मंगलबार राति भारतबाट नेपालतर्फ भन्सार छलेर अवैधरूपमा ल्याउँदै गरेको सात लाख २१ हजार ७०० रूपैयाँ बराबरको लत्ताकपडा र मोटरपार्ट्स बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक राकेश थापाले जानकारी दिए।

EPIC EPIC EPIC EPIC EPIC

बरामद गरिएका सामानमा कुर्ती, कुर्ती सेट, तन्ना, ढाकाको थान प्रिन्ट कपडा, थान कपडा, टेम्पोको क्लोज तार, विभिन्न मोटरपार्ट्स रहेका छन्। बरामद भएको उक्त सामान आवश्यक कारबाहीका लागि मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाइएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *