झापाको सामुदायिक वनभित्र मृत हात्ती फेला

झापा। उत्तरी झापाको बुद्धशान्ति गाउँपालिका-५ स्थित पाँचपोखरी सामुदायिक वनमा एउटा मृत हात्ती फेला परेको छ।

EPIC

स्थानीयवासीले आज अपराह्न मरेको हात्ती देखेर जिल्ला वन कार्यालयमा खबर गरेका थिए।

मृत हात्ती गाड्नका लागि पशु चिकित्सकसहितको टोली घटनास्थलमा पठाइएको वन कार्यालयका प्रमुख विष्णुलाल घिमिरेले बताए। गत असोज २२ गते सोही जंगल क्षेत्रमा  आँखा फुटेको सोही हात्तीलाई पशु चिकित्सकको टोलीले बेहोश बनाएर उपचार गरेको थियो।

स्थानीयवासीले तीखो भाला रोपेर शरीरका विभिन्न अंगमा गहिरो चोट पुर्‍याएको उक्त हात्ती बचाउन त्यसबेला चितवनबाट पशु चिकित्सक टोली झापा आएको थियो। 

EPIC EPIC EPIC
EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

tihar