Search
Close this search box.
Search
Close this search box.

झापाको सुरुङ्गामा दुर्घटना : २ को मृत्यु, ४ जना घाईते

झापा(सुरुङ्गा) / पुर्व पश्चिम राजमार्गको सुरुङ्गामा बुधबार अपरान्ह भएको सवारीमा परेर दुर्घटनामा २ जनाको मृत्यु भएको छ । अन्य ४ जना घाईते भएका छन् । उनिहरु सबैको बिर्तामोडको विएण्सी अस्पतालमा उपचार भईरहेको छ ।

कनकाई नगरपालिका वडा नम्बर ४ स्थित पुर्वपश्चिम राजमार्गको कोटिहोममा भएको दुर्घटनाबाट सोलुखुम्बु पासाङल्हामु गाँउपालिका वडा नम्बर १ बस्ने ३० वर्षीय दिलिप राना मगरको घटना स्थलमै मृत्यु भएको हो ।

EPIC EPIC EPIC

यस्तै सुनसरी धरान उपमहानगरपालिका वडा नम्बर १६ बस्ने २८ वर्षीय दिपक क्षेत्रीको पनि उपचारका क्रममा विएण्सी अस्पतालमा मृत्यु भएको छ । प्रहरीका अनुसार क्षेत्री कार चालक हुन् ।

मृतक मगर प्रदेश १—०४—००१ च ०१६७ नम्बरको कारमा सवार हुन भने अर्का मृतक क्षेत्री उक्त कारका चालक हुन् ।

पुर्वबाट पश्चिम आउदै गरेको को १ ख १६८४ नम्बरको खाना पकाउने एलपी ग्यास बोकेको ट्रकले ओभरट्याग गर्ने क्रममा विपरित दिसाबाट जादै गरेको उक्त कार र प्रदेश १—०१—०१३ प १७८३ नम्बरको मोटरसाईकललाई समेत ठक्कर दिदा उक्त दुर्घटना भएको इलाका प्रहरी कार्यालय सुरुङ्गाले जनाएको छ ।

दुर्घटनामा मोटरसाईकलमा सवार झापा शिवसताक्षी नगरपालिका वडा नम्बर २ बस्ने ३९ वर्षीय ज्ञानवहादुर कसाई र उनकी श्रीमती सनम श्रेष्ठ घाईते भएका छन् ।

यस्तै कारमा सवार मृतक दिलिप राना मगरकी श्रीमती ३० वर्षीय अन्जु मगर, सोलुखुम्बु पासाङ गाँउपालिका १ कै सुरेस मगर घाईते भएका छन् ।

प्रहरीले ट्रक चालक फरार रहेको बताएको छ । दुर्घटना स्थल झापाको सुरुङ्गाबाट १ किलोमिटर पश्चिममा रहेको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *