Search
Close this search box.
Search
Close this search box.

झापाबाट कांग्रेस केन्द्रमा पाँचजना निर्वाचित

झापा । नेपाली काङ्ग्रेसको केन्द्रीय समितिमा झापाबाट महामन्त्री विश्वप्रकाश शर्मासहित पाँच जना निर्वाचित भएका छन् ।

१४औँ महाधिवेशनअन्तर्गत नेतृत्व छनोटका लागि मङ्सिर २७ मा भएको निर्वाचनको गएराति आएको परिणामअनुसार उनीहरू पार्टीको केन्द्रीय राजनीतिमा निर्वाचित भएका हुन् ।

EPIC EPIC EPIC

पछिल्लो परिणामअनुसार खस–आर्यकोटाबाट केशवकुमार बुढाथोकी काङ्ग्रेस केन्द्रीय सदस्य निर्वाचित भए । यस कोटाबाट सात केन्द्रीय सदस्य हुने व्यवस्थामा बुढाथोकी सर्वाधिक दुई हजार ५४ मत ल्याएर विजयी भएका हुन् । पूर्वसामान्य प्रशासन मन्त्री समेत रहेका बुढाथोकी काङ्ग्रेसको केन्द्रीय सदस्य समेत थिए ।

झापाबाटै नेतृ सरिता प्रसाईं केन्द्रीय सदस्य निर्वाचित भएकी छन् । उनी नौ सिट खस–आर्य खुला महिलातर्फबाट विजयी भएकी हुन् । प्रसाईंले दुई हजार ९६ मत लाएकी छिन् ।

खस–आर्य महिला खुलामै झापाकी सुशीला ढकाल आचार्य काङ्ग्रेस केन्द्रीय सदस्य बनेकी छन् । उनले एक हजार आठ सय चार मत पाएकी छन् । ढकाल नेपाल महिला सङ्घ झापा सभापतिसमेत हुन् ।

झापाबाटै महिन्द्राकुमारी लिम्बू प्रदेश १ महिला कोटाबाट केन्द्रीय सदस्य बनेकी हुन् । लिम्बूले दुई हजार दुई सय ४७ मत पाएकी छन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *