झापाबाट राष्ट्रिय धुर्वीकरण अभियान- २०७७ सुरुहुने

झापा । झापाबाट राष्टिय धुर्वीकरण अभियान- २०७७ सुरुहुने भएको छ ।

EPIC

अस्थिर राजनीतिको संसदीय खेलबाट देश र जनताको हितमा असफल भईरहेको हुँदा सासकीय स्वरुपमा परिवर्तन ल्याउन प्रत्यक्ष कार्यकारी प्रमुख, बिज्ञद्वारा मन्त्रीमन्डल, कानुन तथा नियम निर्माणका लागि सानो संसद् जस्ता अभियानका मुख्य मुद्दा रहेको अभियानका प्रवक्ता तथा अभियानता मनोरथ तिवारीले बताएका छन् ।

उनले यसका अतिरिक्त सर्वाहारामुखी निर्वाचन प्रणाली, स्वास्थ शिक्षा, रोजगारको पुर्ण ग्यारेन्टी, पुर्ण स्वतन्त्र न्याय पालिका जस्ता मुद्दा रहेको बताए ।उनले यो अभियान झापा जिल्लामा उक्त एजेन्डालाई मन पराउने र अहिलेको अस्थिर राजनीतिबाट अगाएका व्यक्ति व्यक्तिबिच सहमति जनाउँदै संचालन भईरहेको बताए ।

झापाको १५ वटै स्थानीय तहमा अभियानको टिम गठन गरि छिट्टै झापाको बिर्तामोडमा अभियानताको टिम तथा एजेन्डा सार्वजनिक गर्ने र सोही दिन केन्द्रका लागि अभियानता टोलि निर्माण गर्ने र राजधानी जाने र केन्द्रिय अभियन्ता टिमबाट देशैभरि एकै साथ आभियान संचालन गर्ने बताईएको छ ।राजावादी देखि माओवादीसम्म अटाउने उक्त अभियान राष्ट र नागरिकका लागि हुने समेत बताइएको छ ।

EPIC EPIC EPIC

उक्त अभियानको नारा स्थानीय सत्ता तपाईंको साथमा, प्रत्यक्ष निर्वाचित कार्यकारी तपाईंको हातमा रहेको छ ।

EPIC
EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

tihar