Search
Close this search box.
Search
Close this search box.

झापामा आज दुई जना कोरोना संक्रमितको मृत्यु

झापा । झापामा आज दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा बुद्धशान्ति गाउँपालिकाका र अर्जुनधारा नगरपालिकाका रहेका छन् ।

बुद्धशान्ति गाउँपालिका वडा न. ३ का ६८ वर्षिय देवशंकर लावुङको बुधबार बिहान ७ बजे बिर्तामोडको बिर्तासीटि हस्पिटलमा मृत्यु भएको हो । उनी कात्तिक १ गते अस्पताल भर्ना भएका थिए । उनको हिजो पिसिआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो ।

लावुङको शवलाई नेपाली सेनाको सहयोगमा व्यवस्थापन गरिएको बुद्धशान्ति गाउँपालिका स्वास्थ्य शाखा प्रमुख भोला अधिकारीले बताएका छन् ।

त्यस्तै यता अर्जुनधारा नगरपालिका वडा नं ९ का ७३ वर्षिय दिलिप बस्नेतको समेत विएण्डसी हस्पिटल बिर्तामोडमा मृत्यु भएको हो । बस्नेतको उपचारका क्रममा बिहान ११ः३० बजे मृत्यु भएको नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख मुकुन्द बस्नेतले बताए । उनलाई दुई साताअघि कोरोना पुष्टि भएको थियो ।

बस्नेतको शवलाई नेपाली सेनाको सहयोगमा अर्जुनधारा नगर स्वास्थ्य शाखाले व्यवस्थापन गर्न लागेको शाखा प्रमुख बस्नेतले जानकारी दिए

योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या अर्जुनधारामा ७, बुद्धशान्तिमा २ गरि झापामा ८७ पुगेको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *