झापा – झापामा खुकुलो निषेधाज्ञा थप एक साता लम्बाइएको छ ।
जिल्ला प्रशासन कार्यालय झापामा आज बसेको डिसीसीएमसीको बैठकले साउन ७ गतेसम्म लम्ब्याउने निर्णय गरिएको झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले जानकारी दिएका छन् ।
झापामा कोरोना संक्रमितको सँख्यामा कमी नआएकोले एक साता निषेधाज्ञा बढाएको उनले बताए । लामो दुरीका सार्वजनिक यातायातको हकमा सरकारको निर्णय अनुसार अघि बढ्ने उनको भनाई छ । छोटो दुरीका सार्वजनिक यातायात बससहित अन्य सवारीसाधन जोर बिजोर प्रणाली अनुसार झापा, मोरङ, सुनसरी, इलाम, पाँचथर र ताप्लेजुङ जिल्लासम्म स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर चलाउने पाउने निर्णय गरिएको छ ।
अन्य निर्णय अघिल्लो पटक गरिएकोलाई नै यथावत् राखिएको उनले बताए । बजार तथा पसलको हकमा व्यवसायीले बिहान ६ बजेदेखि बेलुका ५ बजेसम्मका लागि सञ्चालन गर्न पाउने निर्णय गरेको छ । होटेल तथा रेष्टुरेन्टहरुले टेक– अबे सेवा बेलुका ५ बजेसम्म सञ्चालन गर्न पाउने छन् ।