Search
Close this search box.
Search
Close this search box.

झापामा गौहत्या अरोपमा पक्राउ परेका छ जनामाथि कारबाही अघि बढाइयो

झापा । झापाको कनकाई नगरपालिका र अर्जुनधारा नगरपालिकामा गौहत्याको आरोपमा पक्राउ परेका छ जनामाथि प्रहरीले पशुपंछीसम्बन्धी ऐनअनुसार कारबाही अघि बढाएको छ ।

मंसिर ११ गते कनकाई–३ टप्पुमा गाई काटेको आरोपमा बाह्रदशी गाउँपालिका–४ का ४६ वर्षीय बुधन आलम, उनकी श्रीमती ३९ वर्षीया कुरेसा खातुन, भारत किसनगञ्ज ठेगाना भई हाल कनकाई–३ मा बस्दै आएका २० वर्षीय दिलवर हुसेन, उनकी श्रीमती १९ वर्षीया महिदा खातुन र कनकाई–४ बस्ने २१ वर्षीय मोहम्मद मुन्ना आलम पक्राउ परेका थिए ।

EPIC EPIC EPIC

मंसिर १३ गते अर्जुनधारामा पनि गौहत्या भएको थियो । त्यस घटनामा संलग्न अर्जुनधारा–४ का ५० वर्षीय राम तामाङ पक्राउ परेका छन् भने ५५ वर्षीय सन्तबहादुर मोक्तान तामाङ फरार रहेकाले खोजी भइरहेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *