झापामा चार वर्षभित्र सहकारी अस्पताल सञ्चालन हुने

झापा । झापा जिल्ला सहकारी संघले सहकारी अस्पताल सञ्चालन गर्ने भएको छ । संघले आफ्नो नेतृत्वमा अस्पताल सञ्चालन गर्ने निष्कर्षमा पुगेको हो । अस्पताल सञ्चालनका लागि तत्काल पिपिसिपी मोडल अवलम्बन गर्नेगरी थप छलफल र परामर्शपछि अघि बढ्न जिल्ला संघ लागिपर्ने भएको हो । भर्चुअल प्रविधिबाट बुधवार गरिएको सरोकारवालासँगको छलफलमा संघका अध्यक्ष गणेश ढकालले अवधारणा पत्र प्रस्तुत गरेका थिए ।

EPIC
प्रस्तावित सहकारी अस्पताल

राष्ट्रिय सहकारी संघका अध्यक्ष मिनराज कँडेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा एक अर्बको लगानीमा चार वर्षभित्र अस्पताल सञ्चालनमा ल्याउने बताइयो । ४० देखि ५० करोडबाट काम प्रारम्भ गरिने अस्पताल निर्माणका लागि १० बिगाह जग्गा प्राप्त हुने दाताबाट आश्वासन आएको छलफलमा बताइयो ।

जिल्ला सहकारी संघको नेतृत्वमा अस्पताल सञ्चालनका लागि जोडिन सबैलाई आग्रह गरिएको छ । प्रदेश सहकारी संघ र राष्ट्रिय सहकारी संघको पनि अस्पताल स्थापनामा सहयोग रहने आश्वासन प्राप्त भएको जिल्ला संघका अध्यक्ष ढकालले छलफलमा जानकारी दिए ।

जिल्ला संघका वरिष्ठ उपाध्यक्ष महेन्द्रकुमार गिरीले स्वागत गरेको कार्यक्रमको सहजीकरण सचिव भवानीप्रसाद दंगालले गरेका थिए । अस्पताल स्थापना गर्नैपर्नेमा जोड दिएका सहभागीले आआफ्नो तर्फबाट सहयोग गर्ने वचन समेत दिएका छन् ।

EPIC EPIC EPIC

कानुनी जटिलता र नेतृत्वको विषयमा स्पष्ट हुन चाहेका सहभागीले जिल्ला संघले कोरोना महामारी र सामाजिक क्षेत्रमा विगतदेखि गर्दै आएको कामको मुक्तकण्ठले प्रशंसा गरेका थिए ।

EPIC

पहिलो चरणको कोरोनाका बेला गत वर्ष विभिन्न शीर्षकमा ४ करोडबढी खर्च गरेको झापाली सहकारी क्षेत्रले यस वर्ष उपलब्धिमुलक र दीर्घकालीन काम गर्ने योजना अनुसार अस्पताल निर्माण गर्ने योजना अघि सारेर छलफल चलाएको हो ।

विभिन्न क्षेत्रका करीव ९० जनाको सहभागिता रहेको छलफलमा एनएमसीका अध्यक्ष रामचन्द्र उप्रेती, पूर्वनेपालका अध्यक्ष प्रेम सापकोटा, विराट अर्जुनका अध्यक्ष नवीन खरेल, सूर्यमुखीका चुडामणि कोइराला, हाम्रो नेपाल साकोस बिर्तामोडका सञ्चालक राजेन्द्र गौतम, स्वर्णलक्ष्मीका व्यवस्थापक कमल घिमिरे, जिल्ला संघकी सञ्चालक चन्दकला भण्डारी, भरोसा ग्रुपका सिइओ सन्तोष घिमिरेलगायतले सुझावसहित योजना सफल हुने धारणा राखेका थिए ।

नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीले सुझावसहित प्रतिबद्धता व्यक्त गरेको कार्यक्रममा महासंघका सचिव डिकेश लामा, पत्रकार गोपाल काफ्ले, विष्णुप्रसाद पोखरेललगायतले जिज्ञासा राखेका थिए ।

हाम्रो सहकारीबाट ‘सम्भव छ’ अभियान दिएर सुरु गरिएको अस्पताल स्थापनामा विदेशमा रहेका नेपाली पनि जोडिने आश्वासन आएको सहकारी संघका अध्यक्ष ढकालले बताए ।

EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

tihar