Search
Close this search box.
Search
Close this search box.

झापामा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु

झापा । झापाको भद्रपुरमा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ।

सोमबार भद्रपुर नगरपालिका–२ कमलधापकी ५० वर्षीया सीता दाहालमाथि हात्तीले आक्रमण गरेको प्रहरीले जनाएको छ । उनी साथीहरूसँग सोही ठाउँको जंगलमा घाँस काट्न गएकी थिइन्।

सो अवस्थामा जंगली हात्तीले उनीमाथि आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए । आक्रमणबाट गम्भीर घाइते भएकी उनलाई उपचारको लागि अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको बताइएको छ ।

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तीर्थराज तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *