Search
Close this search box.
Search
Close this search box.

झापामा जेठ ७ गतेसम्मका लागि निषेधाज्ञा थपियो, कोहीपनि घर बाहिर निस्कन नपाउने

झापा – झापामा जेठ ७ गते सम्मका लागी निषेधाज्ञा थपिएको छ ।

झापाका प्रमुख जिज्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाद्वारा जारी गरिएको आदेशमा निषेधाज्ञालाई कडाइ गर्दै आवतजावतलाई पूर्ण रुपमा निरुत्साहन गरिने उल्लेख गरिएको छ ।

आदेशमा औषधी खरिद र उपचारका लागि वाहेकका कुनै पनि ब्यक्ति घर बाहिर निस्कन नपाउने उल्लेख छ ।

त्यस्तै औषधी र स्वास्थ्य सामग्री र इन्धन वाहेक आंशिकरुपमा खुल्दै आएका खाद्यान्न लगायतका सबै पसल, व्यवसाय पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको छ ।

त्यस्तै सरकारी कर्मचारी, वित्तिय संस्थाका कर्मचारीहरुले परिचय पत्रको आधारमा विहान ९ देखि १० बजे र बेलुका ५ बजेदेखि ६ बजेसम्म कार्यालय प्रयोजनका लागि सवारी साधन प्रयोग गर्न पाउने उल्लेख छ ।

त्यस्तै सीमानाका काँकरभिट्टाबाट विदेशी नागरिकलाई प्रवेशमा पूर्ण रोक लगाउने उल्लेख छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *