Search
Close this search box.
Search
Close this search box.

झापामा टिपर र बस ठोक्किँदा २१ जना यात्रु घाइते, तीनको अवस्था गम्भीर

झापा । झापाको कमल गाउँपालिकामा मंगलबार बिहान बस र टिपर एकापसमा ठोक्किँदा २१ यात्रु घाइते भएका छन् । जसमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत कमल–४ मा बा३ ख २१६६ न.को टिपर र विपरीत दिशातर्फबाट जाँदै गरेको को १ ख ५०८७ न.को यात्रुबाहक बस एकापसमा ठक्कर खाएर दुर्घटना भएको हो ।

EPIC EPIC

घाइतेमध्ये अवस्था सामान्य रहेकाको दमकस्थित दमक रिसर्च सेन्टर अस्पताल र लाइफलाइन अस्पताल दमकमा उपचार भइरहेको छ । गम्भीर घाइतेलाई भने दमकमा सामान्य उपचारपछि थप उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल र विराटनगरस्थित न्यूरो अस्पताल लगिएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्ण चन्दले बस चालक उदयपुरको त्रियुगा नगरपालिका–३ का ४५ वर्षीय अशोक बोट र टिपर चालक धनुषाको गणेशमान नगरपालिका–५ का ३४ वर्षीय शेरबहादुर राईलाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको बताए ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
1

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *