झापामा तोकिए स्काउटका संयोजक, बुद्धशान्तिमा मञ्जिल पाठक

झापा,बुद्धशान्ति- नेपाल स्काउटले झापाका १५ वटै स्थानीय तहमा संयोजक तोकेको छ । बुधबार स्काउटले जिल्लाका सबै पालिकाका संयोजक तोकेको हो ।

EPIC

स्काउटले झापाको बुद्धशान्तिमा मञ्जिल पाठक, मेचीनगर रिता थापा , विर्तामोड भाग्यमान लिम्बु, कनकाई कृतिज्ञा गौतम, भद्रपुर विवेक चौलागाई, झापा इन्द्र कडेल, दमक ओम प्रसाद आचार्य, गौरीगञ्ज इश्वर नेपाल, कचनकवल सलिना गुरुङ, अर्जुनधारा मनिष ओली, बाह्रदशी अनिल सापकोटा, गौरादह गंगा कार्की, कमल माया शिवाकोटी, शिवसताक्षी दिगम पराजुली र हल्दिवारीमा खगेन्द्र घिमिरेलाई संयोजकको जिम्मेवारी तोकिएको छ ।

स्काउटले देशका ७५३ वटै पालिकामा संयोजक तोकेको छ । सबै विद्यालयमा स्काउट संरचना निर्माण गर्ने तयारी भएको छ । नेपाल स्काउटले पत्रकार सम्मेलन गरी देशको वर्तमान राज्य संरचनासँग मेल गराउने उद्देश्यले स्थानीय निकायका तहमा विस्तार गर्ने तयारी गरेको बताएको छ ।

EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

tihar