झापामा थप एक साता निषेधाज्ञा लम्बियो

झापा । झापामा थप एक साता निषेधाज्ञा लम्बाइएको छ । जिल्ला प्रशासन कार्यालय झापामा आज बसेको जिल्ला स्तरीय कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) को बैठकले जेठ १४ गते मध्याराति १२ बजेसम्मको लागि निषेधाज्ञा लम्बाउने निर्णय गरेको हो। बैठकले खाद्यान्न, माछामासु, तरकारी, फलफूलको हकमा होम डेलिभरीको व्यवस्था मिलाउने निर्णय गरेको छ ।

EPIC

ती सामानहरू व्यवसायीले  बिहान ६ बजेदेखि ८ बजेसम्म स्थानीय तह वा उद्योग वाणिज्य सङ्घको सहकार्यमा घर-घरमा पुर्‍याइसक्नु पर्ने हुन्छ । त्यस्तै बैठकले निर्माण सामग्री ओसारपसारका लागि बिहान ११ बजेदेखि दिउँसो १ सम्म समय तोकेको छ ।

EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

tihar