Search
Close this search box.
Search
Close this search box.

झापामा दुईजना कोरोना संक्रमितको मृत्यु

झापा , कातिक १ । झापामा कोरोना संक्रमणबाट एकैरात दुईजना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा दमक नगरपालिकाका एक र अर्का शिवसताक्षी नगरपालिकाका रहेका छन् । मृतक दुवै पुरुष हुन् । मृत्यु हुनेमा दमक नगरपालिका वडा नं ५ का ढुंगाना थरका ५८ वर्षिय पुरुष रहेका छन् । उनको घरैमा मृत्यु भएको हो । अस्तिका दिन स्वाब परीक्षणका लागि दिएकोमा उनको रिपोर्ट हिजो पोजिटिभ आएको थियो । रिपोर्ट आएकै दिन राति उनको मृत्यु भएको दमक नगरपालिकाका स्वास्थ्य शाखाका कुवेर भट्टराईले बताए । योसँगै दमकमा कोरोनाबाट मृत्यु हुनेको सँख्या ५ पुगेको छ ।

त्यस्तै शिवसताक्षी ११ दुधेका ५६ वर्षीय पुरुषको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा मृत्यु भएको छ । क्यान्सरको उपचार गराइरहेका उनको शुक्रबार साँझ मात्र पिसिआरको रिपोर्ट पोजिटिभ आएको थियो । गएराति उनको मृत्यु भएको परिवारले जनाएको छ । योसँगै झापामा कोरोना संक्रमणबाट मृत्यु हुनेको सँख्या १६ पुगेको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *