झापामा देउसीभैलो खेल्न नपाइने, आँगनमै कुण्ड बनाएर छठ मनाउन आग्रह

झापा । जिल्ला प्रशासन कार्यालय झापाले तिहारमा खेल्ने सामूहिक देउसी–भैलो र नाचगानमाथि रोक लगाउने निर्णय गरेको छ ।

EPIC

बिहीवार एक सूचना जारी गर्दै जिल्ला प्रशासनले छठ पर्व आआफ्नो घर आँगनमा मनाउन जिल्लावासी समक्ष अनुरोध गरेको छ ।

झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाको संयोजकत्वमा बसेको बैठकले तिहार तथा छठ पर्वलाई लक्षित गरी निर्णय गरेको हो ।

कोरोना भाइरस सङ्क्रमणबाट बँच्न र बचाउन प्रशासनले यस्तो निर्णय गरेको प्रमुख जिल्ला अधिकारी तिमिल्सिनाले जानकारी दिए।

EPIC EPIC EPIC

बैठकले कोभिड–१९ को बढ्दो सङ्क्रमणलाई मध्यनजर गर्दै दीपावली अर्थात् तिहारमा देउसी भैलो, नाचगानलगायत भीडभाड हुने कुनै पनि कार्य नगर्ने र नगराउने निर्णय गरेको हो।

EPIC

त्यस्ता कार्य गर्ने व्यक्ति तथा समूहलाई कानुनबमोजिम कारबाही गर्ने र कोभिड संक्रमणको दरलाई मध्यनजर गर्दै यस वर्षको छठ पर्व आआफ्नै घर आँगनमा कुण्ड बनाई पूजाआजा गरी मनाउन सबैमा अनुरोध गरिएको छ।

EPIC

लेखकको बारेमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

tihar