Search
Close this search box.
Search
Close this search box.

झापामा बालबालिका तथा सञ्चार बिटका पत्रकारहरुको छुट्टै मञ्च गठन

विर्तामोड। बालवालिका तथा शिक्षा क्षेत्रलाई सञ्चारसँग जोड्ने उद्देश्यले झापामा बालवालिका तथा शिक्षा सञ्चार मञ्च नामक संस्थाको स्थापना भएको छ ।

आइतबार विर्तामोड नगरपालिकाको सभाहलमा झापाका क्रियाशील पत्रकारहरुको भेलाले मञ्चको जिल्ला समिमित गठन गरेको छ ।

समितिको अध्यक्षमा पत्रकार सरोज पौडेल चयन भएका छन् भने समितिमा झापाका १५ वटै पालिकाबाट कम्तीमा एक जना सदस्य चयन गरिने भएको छ ।

हालसम्म कार्यसमितिमा मेचीनगरबाट प्रकाश पौडेल, बुद्धशान्तिबाट आयुष निरौला, भद्रपुरबाट द्रोण अधिकारी, गौरीगञ्जबाट आत्माराम राजबंशी, हल्दिबारीबाट नेत्र बिमली, गौरादहबाट सृजन घिमिरे, कचनकबलबाट घनश्याम अर्याल, कनकाईबाट चन्द्र बस्नेत, कमलबाट उमानाथ भण्डारी, अर्जुनधाराबाट शुष्मा त्रिखत्री र पुष्पा लिम्बु, झापाबाट केशव चापागाई लगायत रहेका छन् ।

बालबालिका तथा सञ्चार बिटमा पत्रकारिता गर्न प्रोत्साहित गर्ने र सामाजिक रुपमा योगदान पुर्याउने मञ्चको लक्ष्य रहेको अध्यक्ष पौडेलले बताए ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *