झापामा लागूऔषधसहित दुई भारतीय पक्राउ, भाग्न खोज्दा प्रहरीले गोली चलायो

झापा— झापाको कन्काई नगरपालिका–४ मा लागूऔषध कारोबारमा संलग्न दुई भारतीय नागरिकलाई प्रहरीले गोली प्रहार गर्दै पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय सुरुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाको संयुक्त टोलीले आज साँझ विशेष सूचनाका आधारमा उनीहरूलाई पक्राउ गर्ने क्रममा गोली चलाएको हो।

पक्राउ पर्नेमा भारत डिघलबैंकका अन्जार आलम र उनका भाई युसुफ आलम रहेका छन्। प्रहरीले उनीहरूलाई पक्राउ गर्न खोज्दा भाग्ने प्रयास गरेपछि नियन्त्रणमा लिन पाँच राउन्ड हवाई फायर गरेको थियो। तर, उनीहरू नरोकेपछि दुई राउन्ड गोली प्रहार गरिएको प्रहरीले जनाएको छ।

EPIC EPIC EPIC

गोली लागेर घाइते भएका एकजनालाई कन्काई नगर अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ भने अर्को प्रहरी नियन्त्रणमा रहेको छ। उनीहरूको साथबाट ३५ ग्राम ब्राउनसुगर बरामद गरिएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी वरिष्ठ नायब निरीक्षक राधाकृष्ण दाहालले जानकारी दिएका छन्।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *