झापा(पालिका सन्देश)- विद्युत प्राधिकरणका कर्मचारीको करेन्ट लागेर आज मृत्यु भएको छ । बिर्तामोड नगरपालिका–४ जात्रुबाडी बस्ने ६१ बर्षीय विद्युत कर्मचारी कुलबहादुर भट्टराईको करेन्ट लागेर मृत्यु भएको हो ।
आज बिहान साढे ७ बजे सोही नगरपालिका–८ बाह्रबिघे स्थित रामकुमारी दर्जीको घरमा मिटर जडान गर्नको लागि बिजुलीको पोलमा चढ्ने क्रममा करेन्ट लागि भुईमा लड्दा टाउकोमा चोट लागको थियो ।
गम्भीर घाइते भएका भट्टराईको उपचारको लागि बीएन्डसी अस्पताल बिर्तामोड पुर्याउना साथ मृत्यु भएको थियो ।
उनी अनारमनी बितरण केन्द्र विद्युत प्राधिकरणको कर्मचारी रहेका थिए । घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भईरहेको छ ।