Search
Close this search box.
Search
Close this search box.

झापामा श्रीमानको ढुङ्गा प्रहारबाट श्रीमतीको मृत्यु

झापा – झापाको भद्रपुरमा श्रीमानको ढुङ्गा प्रहारबाट श्रीमतीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार भद्रपुर— ७ बुथकरण चिया बगानको १० नम्बर क्वाटरमा बस्ने ५८ वर्षीय साहेबा उराउले ६० वर्षीया श्रीमती फिल्सिता उराउमाथि सोमबार साढे तीनबजेतिर ढुङ्गा प्रहार गरेका थिए ।

सोहि बगानका मजदुर साहेबाले सामान्य बिषयमा विवाद हुँदा श्रीमतीलाई कुटपिट गरी टाउकामा ढुङ्गा प्रहार गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक राकेश थापाले जानकारी दिएका छन् । ढुङ्गा प्रहारबाट गम्भीर घाइते फिल्सिताको मंगलबार बिहान २ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनका बारेमा स्थानीयले मंगलबार विहान करिव साढे ८ बजेतिर टेलिफोनमार्फत प्रहरीमा खवर गरेका थिए । घटनाका बारेमा जानकारी प्राप्त हुन साथ कार्यालयबाट प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेर श्रीमान साहेबा उराउलाई नियन्त्रणमा लिईएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक थापाले जानकारी दिनुभयो । घटनाका बारेमा थप अनुसन्धान भइरहेको छ । घटनास्थल वडा प्रहरी कार्यालय भद्रपुरबाट अन्दाज ५ किलोमिटर पश्चिम रहेको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *