झापामा सशस्त्र प्रहरीका असईले १२ वर्षीया बालिकामाथि करणीको प्रयास

झापा । सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरीका एक प्रहरी सहायक निरीक्षक (असई) ले १२ वर्षीया बालिकालाई जबर्जस्ती करणी गर्ने प्रयास गरेको आरोप लागेको छ ।

EPIC

सशस्त्र प्रहरीको कुन्जिबारी बोर्डर अब्जर्भेसन पोस्ट (बीओपी) अन्तर्गत गौरीगन्ज गाउँपालिका–२, कोरोबारीस्थित सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरी सहायक निरीक्षक सूर्य कटुवालले सीमान्तकृत समुदायकी बालिकालाई जबर्जस्ती गर्ने प्रयास गरेको पीडित परिवारले जनाएको छ ।

आइतबार राति साढे ९ बजेतिर घरमा सुत्ने तरखर गरिरहेकी बालिकालाई घरभित्रै प्रवेश गरी कटुवालले जबर्जस्ती करणीको प्रयास गरेका हुन् ।

जबर्जस्ती गर्न खोजेपछि बालिका चिच्याएकी थिइन् । उनी चिच्याएको सुनेपछि सँगैको अर्को घरभित्र काम गरिरहेकी बालिकाकी आमा तत्काल आइपुगेकी थिइन् । आमाले लुगा समातेर कटुवाललाई बाहिर तानेकी थिइन् । आमालाई हातले झट्काएर कटुवाल घटनास्थलबाट भागेका थिए । कटुवाल मादक पदार्थ सेवन गरी आएका थिए । घरमा बालिका र उनकी आमा मात्र थिए । पीडित बालिकाका बुबा र चार दाजुबहिनी छिमेकीकामा टेलिभिजन हेर्न गएका थिए ।

EPIC EPIC EPIC

घटनापछि पीडित परिवार त्रसित बनेको छ । उनीहरू अतिविपन्न परिवारका हुन् । उनीहरूको घरदेखि ५ मिनेटको दूरीमा सशस्त्र प्रहरीको सीमा सुरक्षा पोस्ट छ ।

EPIC

घटनालगत्तै असई कटुवाललाई सशस्त्र प्रहरी बल २ नम्बर गण हेडक्वार्टर झापा तानिएको प्रहरी उपरीक्षक रमेशकुमार पाण्डेले जानकारी दिए । ‘घटना थाहा पाएलगत्तै कटुवाललाई जिल्ला तानेर २४ घण्टे स्पष्टीकरण सोधेका छौं,’ पाण्डेले भने, ‘हामी आन्तरिक अनुसन्धान पनि गरिरहेका छौं ।

दोषी देखिए कानुनअनुसार कारबाही गर्न कुनै कुराले रोक्ने छैन ।’ कोरोबारी प्रहरी चौकीमा सोमबार निवेदन दर्ता गर्न जाँदा प्रहरीले फर्काइदिएको परिवारले जनाएको छ ।

EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

tihar