झापा । झापामा सुपारी प्रशोधनका लागि रू ४० लाख अनुदान दिइएको छ ।
कृषि ज्ञान केन्द्रले जिल्लाका सात वटा सुपारी उद्योगलाई सुपारी छोडाउने मेसिन र टहरा निर्माणका लागि रू ४० लाख अनुदान उपलब्ध गराएको कृषि ज्ञान केन्द्र झापाका निमित्त प्रमुख सागर विष्टले जानकारी दिनुभयो ।
कोशी प्रदेश सरकारले ‘सुपारी प्रशोधन उद्योग पूर्वाधार तथा यन्त्र उपकरण सहयोग’ कार्यक्रम अन्तरगत उनीहरुलाई रू पाँच लाख देखि रू सात लाख ५० उपलब्ध गराएको हो ।
बुद्धशान्ति–१ को त्रिदेव सुपारी प्रशोधन उद्योगलाई रू पाँच लाख, बुद्धशान्ति–३ को ऋद्विकान्त सुपारी प्रशोधन केन्द्रलाई रू सात लाख ५० हजार, मेचीनगर–३ को कृशिव सुपारी प्रशोधन तथा खरीद बिक्री केन्द्रलाई रू पाँच लाख, अर्जुनधारा–७ को कटर डाँडा कृषि सुपारी प्रशोधन केन्द्र रू पाँच लाख, अर्जुनधारा–८ को ऊँ सुपारी प्रशोधन केन्द्रलाई रू सात लाख ५० हजार, मेचीनगर–८ को नेवार सुपारी प्रशोधन उद्योगलाई रू पाँच लाख र अर्जुनधारा–१ को सिस्ने कृषि सहकारी संस्था लि.लाई रू पाँच लाख अनुदान दिएको छ ।
लाभग्राहीको २५ प्रतिशत र सरकारको ७५ प्रतिशत लागत सहभागितामा सुपारी छोडाउने मेसिन र टहरा निर्माणका लागि अनुदान रकम उपलब्ध गराइएको निमित्त प्रमुख विष्टले बताउनुभयो । मेसिनले प्र्रतिघण्टा चार सय केजी सुपारी प्रशोधन गर्न सक्नेछ । झापामा तीन हजार हेक्टरमा सुपारी खेती गरिएको छ भने वार्षिक १० हजार मेट्रिक टन सुपारी उत्पादन हुने गरेको छ । झापा अनलाइनमा सन्तोष शर्माले यो खबर लेख्नु भएको छ ।