Search
Close this search box.
Search
Close this search box.

झापामा ५०९ वटा पशु चौपाया नियन्त्रणमा, २४ लाखभन्दा बढी राजस्व संकलन

झापा। झापामा सशस्त्र प्रहरीले सीमा क्षेत्रमा सक्रियता बढाएसँगै ५०९ वटा पशु चौपाया नियन्त्रणमा लिएको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापा, त्यस मातहतका गुल्म र बिओपीहरूले विगत ६ महिनाको अवधिमा ५०२ वटा गाईगोरु र ७ वटा राँगाभैँसी नियन्त्रणमा लिई भन्सार बुझाएको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाका डिएसपी सुमन पोखरेलले जानकारी दिएका छन्।

डिएसपी पोखरेलका अनुसार, सीमा नाकाबाट अवैध रूपमा भारततर्फ लैजान खोजिएका ती पशु चौपायाबाट करिब २४ लाख ४ हजार रुपैयाँ बराबरको राजस्व संकलन भएको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गणका एसपी कवीन्द्र राईले जिम्मेवारी सम्हालेपछि, गत फागुन १ गतेदेखि भदौ ५ गतेसम्म मात्र गाईगोरुबाट २२ लाख ३५ हजार रुपैयाँ र ७ वटा राँगाभैँसीबाट १ लाख ६५ हजार रुपैयाँ बराबरको राजस्व संकलन भएको हो।

EPIC

जिल्लाका विभिन्न सीमा नाकाबाट तस्करी मौलाउन थालेपछि सशस्त्र प्रहरीले आफ्नो सक्रियता अझै बढाएको छ। सीमा क्षेत्रमा हुने अवैध गतिविधि तथा चोरी तस्करी नियन्त्रणका लागि सशस्त्र प्रहरी बल २४ घण्टा तैनाथ गरिएको डिएसपी पोखरेलले बताएका छन्।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *