Search
Close this search box.
Search
Close this search box.

झापामा ६५.७४ किवि साखुको काठ सहित ४ जना पक्राउ

  • बुद्धशान्ति गाउँपालिका र र मेचीनगर नगरपालिकाको सिमा क्षेत्रबाट ६५.७४ किवि साखुको काठ सहित ४ जना पक्राउ परेका छन् ।
  • निजहरूबाट एक थान मे ३प ८३७८ मोटरसाइकल र मे १त १३८३ ट्याक्ट समेत प्रकाउ गरिएको थियो ।
  • बुद्धशान्तिबाट धुलाबारी तर्फ लादै गरेको अवस्थामा प्रहरीलाई देखि भाग्न खोजेपछी घेरा हाली प्रहरीले पक्राउ गरेको हो।

झापा । बुधबार साँझ झापाको बुद्धशान्ति गाउँपालिका र र मेचीनगर नगरपालिकाको सिमा क्षेत्रबाट ६५.७४ किवि साखुको काठ सहित ४ जना पक्राउ परेका छन् ।

गोप्य सुचनाका आधारमा काठ तस्करहरु समाउन प्रहरीले सफल भएको हो । इलाका प्रहरी कार्यलय बुधबारे र धुलाबारीको सन्युक्त टोलिले उक्त काठ फेला पारेको हो। बुद्धशान्तिबाट धुलाबारी तर्फ लादै गरेको अवस्थामा प्रहरीलाई देखि भाग्न खोजेपछी घेरा हाली प्रहरीले पक्राउ गरेको हो। निजहरूबाट एक थान मे ३प ८३७८ मोटरसाइकल र मे १त १३८३ ट्याक्ट समेत प्रकाउ गरिएको थियो ।

पछिल्लो एक महिनामा बुद्धशान्तिबाट प्रहरीले काठ फेला पारेको यो तेश्रो पटक हो ।यसअघि कालीखोला र सुनमाईबाट ११ र ३३ किवि काठ बरामद गरेको प्रहरीले जनाएको छ।
बरामद गरिएका काठ र सवारीसाधन जिल्ला वन कार्यलय पठाइएको छ ।

स्थानीयले संरक्षण गर्दै आएको सामुदायिक बनवाट यति ठूलो परिणाममा काठको पैठारी हुनु शंकास्पद रहेको स्थानीय बासिहरु बताउँछन्।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *